२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीले भने-प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही होइन

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् ।

आइतबार कला परिषदमा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायकसमेत नभएको उल्लेख गरे ।

उनले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको उल्लेख गरे ।

उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेका चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन ।

प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालीन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण छ ।’

सञ्चारकर्मीहरूले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए । उनले सरोकारवालाहरूसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए ।

उनले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरू गरेको दाबी गरे । उनले नीतिगत रूपमा रहेका अन्योल र दुबिधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए ।

उनले बैंकको ब्याजदर सिंगल डिजिटलमा ल्याउन सफल भएको पनि बताए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस