२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यो विराटनगरको लगातार दोस्रो हार हो । यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरीह बन्यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा १८२ रन बनाएको थियो ।

कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९।५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।

सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस