काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । ५ वटा वडाको मतगणना सकिएको छ ।
११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुरमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । आयोगको पछिल्लो अपडेट अनुसार काँग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मतसहित चौथो स्थानमा छन् । निर्वाचन आयोगका अनुसार कीर्तिपुरमा खसेको मध्ये ११ हजार १४ मत सदर भएको छ भने ३ सय ३५ मत बदर भएको छ ।