२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूत सिरिसोर्नको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोंङ सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन, व्यापार क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताए। “बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ”, उनले भने, “विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरममा दुई देशबीच घनिष्ठ सहयोग र समान विचार रहेकोप्रति खुसी व्यक्त गर्दछु ।” 

थाइल्याण्ड इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीअन्तर्गत नेपालको मानवसंशाधन विकासको क्षेत्रमा प्रदान गरिएका सहयोगका साथै स्नातकोत्तर तहका विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिएकोप्रति उपराष्ट्रपति यादवले थाइल्याण्ड सरकारको प्रशंसा गरे । उनले नेपाली विद्यार्थीलाई छात्रवृत्ति र सरकारी अधिकारीहरूलाई नियमित रूपमा तालिमको अवसर प्रदान गरेकामा थाई सरकारलाई धन्यवाद व्यक्त गरे । 

उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालयहरू, व्यवसायी समुदायहरूबीचको सहकार्यलगायत विविध विषयमा आगामी मार्च २०२५ मा हुने ‘बिम्स्टेक’ शिखर सम्मेलनमा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको जानकारी दिए। । 

उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने मुख्य प्राथमिकता रहेको बताए। नेपालका लागि थाइल्याण्डका राजदूत सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताएका थिए ।  

प्रतिक्रिया दिनुहोस