२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशका शहीद परिवारको प्रदर्शन

अ+ अ-

जनकपुर । मधेश आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए ।

सात वर्ष अगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् । 

शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटक पटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे ।

उनका अनुसार बाउन्न शहिद परिवारका एक/एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्यो तर कार्यान्वयन भएको छैन । केही शहिद परिवारलाई मात्र करारको जागिर दिएको छ । तर उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए ।

यादवले भने, “सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको छ ।” माग पूरा नगरे आफूहरू पनि सहादत दिने यादवले चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस