२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केरा खेतीबाट वार्षिक १० लाख आम्दानी गर्छन् प्रताप

अ+ अ-

दोधारा । जिल्लाको बेलौरी नगरपालिका-६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रूपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका रानाले केरा खेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।

राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेको छ । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केरा खेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।”  केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए । “कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ”, रानाले भने, “अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।”

कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे । “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुईरतीन वर्षका लागि मात्रै पाइन्छ”, रानाले भने “लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।” उहाँले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ ।

“बीउबिजन र विषादीलगायत आवश्यक कीटनाशक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ”, रानाले भने, “ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौ ।” उनले पछिल्लो समय विषादी छर्किँदा किसानहरूको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे ।

रानाले दुई जनालाई मासिक तलबमा कामदार राख्नुभएको छ भने खेतीको सिजनको बेला ३०र४० जनालाई रोजगारी दिने गरेको बताए । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ ।

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन”, रानाले भने, “स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपदैन ।” उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिए । उनले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउनमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस