२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीजी निःशुल्क पढाउनुपर्ने माग

अ+ अ-

काठमाडौँ। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रूपमा निःशुल्क हुने मान्यता रहेको जनाएको छ ।

यसैगरी संघर्ष समिति र सरकारबीच भएको सहमति बमोजिम निजी मेडिकल कलेजमा पीजी अध्ययन आवासीय चिकित्सकलाई मेडिकल अफिसर (८औँ) तहको बराबर वार्षिक १३ महिनाको निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)अन्तर्गतको एमडी, एमएस र एमडीएसका आवासीय चिकित्सकलाई अधिकांश निजी मेडिकल कलेजले कम तलब स्केलमा काम लगाइरहेको गुनासो आएपछि भत्ता सुनिश्चित नगर्ने कलेजलाई सिट नदिने निर्णय गर्‍यो ।

तर निजी मेडिकल सञ्चालकले भने पीजी अध्ययन गर्ने चिकित्सकलाई ८औँ तहका चिकित्सक बराबर निर्वाह भत्ता दिन नसक्ने भन्दै यस वर्षका लागि सिट संख्या नै माग गरेनन् । उल्टै सरकारलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै अबदेखि पीजी पढाउन नसक्ने चेतावनी दिएका छन् ।

सरकारले यदि निजी मेडिकल कलेजसँग सौदाबाजीको प्रयास गरेमा संघर्ष समिति आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस