२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

अ+ अ-

काठमाडौँ । सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् ।

यस्तै, काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औँ अधिवेशनमा भाग लिन उनीहरू त्यहाँ गएका हुन् ।

भट्टराई उक्त संस्थाको स्थायी समिति सदस्य समेत छन् । एमालेले भोलि काठमाडौँमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो । तर, उनी आफैँ विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको छ ।

एमालेका एक नेताले पार्टीको यति गहन जिम्मेवारी छोडेर भट्टराई सामान्य कार्यक्रममा विदेश उडेको भन्दै असन्तुष्टि प्रकट गरे ।

आजै सभामुख देवराज घिमिरे पनि कम्बोडिया उड्दै छन् । दलहरूको टोलीभन्दा सभामुखको भ्रमणको प्रयोजन फरक छ । सभामुखका सचिवालयका अनुसार इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको होस्ट कम्बोडियाले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस