१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ: मुख्यमन्त्री कार्की

अ+ अ-

सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा एकेडेमी)का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् ।

धरान उपमहानगरपालिका-१७ स्थित प्रदेश फुटबल संघद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए ।

मुख्यमन्त्री कार्कीले भने, “फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।”

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाक सुटलगायत फुटबल सामग्री वितरण गरिएको छ । कार्यक्रममा कोसी प्रदेशका सांसद रमेशकुमार बस्नेत, विजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर संगठनको केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस