२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हो, प्रतिस्पर्धा होइन : युवराज खतिवडा

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नभई सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् । ‘सरकारका केही दायित्वहरू छन् । त्यसमा सरकारले निजी क्षेत्र र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने हो,’ उनले भने, ‘सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धीका रूपमा जाने होइन । यसले नै सरकारको आधार निर्धारण गर्छ ।’

उनले राज्य आफ्ना कर्तव्यबाट विमुख भए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्न नसकिने समेत बताए । ‘राज्यका केही आधारभूत कर्तव्यहरू छन् । त्यसबाट विमुख भयो भने हामीले संविधान निर्माण गर्न अघि खोजेको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने कुरा पूरा गर्न सक्दैनौँ,’ उनले भने, ‘तर त्यो समाजवाद भनेको गरिबी बाँड्ने समाजवादको कुरा गरेको छैनौँ । समृद्धि सहितको समाजवाद भनेका छौँ । समृद्धि आफैँमा न्यायपूर्ण हो ।’

उनका अनुसार समृद्धिसहितको समाजवादमा पुग्ने बाटो लामो भएकाले त्यहाँसम्म पुग्न बलियो लोकतान्त्रिक संस्था आवश्यक हुन्छ । साथै व्यक्तिगत स्वतन्त्रता र सामाजिक पुँजीको विकास आवश्यक हुन्छ ।

खतिवडाले अहिलेको सरकार स्थिर रहने र अहिलेको राजनीतिक प्रणालीबाट पछि फर्किन कुनै दलले नचाहेको समेत दाबी गरे । उनले भने, ‘हामी उदारवादी नीतिमा फर्किएका छैनौँ भन्ने कुरा आएको छ । हामी आधारभूत कुराहरूबाट पछि फर्किन कुनै राजनीतिक दलले चाहेको छैन । देशमा स्थिरता छ भन्ने बुझे राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस