१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिन्दुकुश क्षेत्रका वातावरण मन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही

अ+ अ-

बाकु (अजरबैजान) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय  तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप-२९) सम्मेलनका क्रममा भूटानद्वारा आज यहाँ आयोजित वातावरण मन्त्रीको बैठकमा उनले त्यसका लागि हिन्दुकुश हिमालयन क्षेत्रका वातावरण मन्त्रीको साझा मञ्च बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे ।

मन्त्री शाहीले भने, “जलवायु परिवर्तन विरुद्धको लडाईमा क्षेत्रीय हातोमालोका साथै विश्वव्यापी साझेदारीका लागि सबैसँग अनुरोध गर्दछु ।”

हिमताल विष्फोटन हुँदा हिमाली गाउँ थामे बगाएको तथा एक महिनाअघि नेपालमा आएको बाढी पहिरोबाट दुई सय ५० भन्दा बढी मानिसको मृत्यु भएको घटना प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनबाट हाम्रो जस्तो पर्वतीय मुलुकमा कति हानी नोक्सानी पुग्दो रहेछ भन्ने उदारणकारूपमा ती दुवै घटनालाई लिन सकिने बताए ।

मन्त्री शाहीले भने, “हिन्दकुश हिमालयन क्षेत्रमा रहेको नेपाल एउटा पर्वतीय देश हो, संसारकै अग्लो सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला वर्षैभर हिउँले ढाकिएका पर्वत यहाँ छन्, जुन जलवायु परिवर्तनले उच्च जोखिममा छन् ।”

हिन्दकुश पर्वतीय क्षेत्र जलवायु परिवर्तनका हिसाबले संसारकै जोखिमयुक्त क्षेत्रमा पर्ने बताउँदै मन्त्री शाहीले यो पर्वतीय भू–भागले संसारका झण्डै एकचौथाई  मानव समुदायलाई पानी, जैविक विविधतालगायत वातावरणीय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

भूटानका प्रधानमन्त्री प्रमुखको आतिथ्यमा भएको उक्त बैठकमा नेपाल, पाकिस्तान, बांङ्लादेश, भुटान, काजकिस्तान, चीन र भारतलगायतका हिन्दकुश क्षेत्रका मुलुकका वातावरण मन्त्रीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस