छठको आयो सुन्दर त्योहार,
सूर्य देवलाई गरौँ सत्कार ।
शुद्ध मनले पूजा गरौँ,
छठी माताको कृपा लिऔँ ।
पहिलो दिन नहा-खाएको चाल,
शुद्ध बन्छौँ, हुन्छ उज्यालो हाल ।
खरनामा पकाउँछौँ मीठो परिकार,
ठेकुवा, खजुरीसँग सजिएको संसार ।
सूर्य अस्ताउँदा अरक दिऊँ,
नदी, पोखरीमा दीप जलाऊँ ।
सुपलीमा राखेर प्रसाद मिठाई,
छठी माताको माया छिटो पाई ।
दिऔरीमा जल्दछ जब दीप,
मनभरि हुन्छ आस्था र सीप ।
सूर्य उदाउँदा अर्घ्य चढाऊँ,
छठी माताको असीम आशिष पाऊँ ।
छठको यस पावन बेला,
हटोस हर दुख, कष्ट, झमेला ।
सूर्य देवले सुनून् हाम्रो पुकार,
सबैलाई मिलोस् सुख र प्यार ।
छठ पर्वको यो महान् उज्यालो,
हर हृदयमा बलोस् खुशीको दियालो ।
शुभ होस् सबैको यात्रा यहाँ,
छठी माताको कृपा परोस् जहाँ जहाँ ।