१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनको मुख्य एजेन्डा सुशासनलाई बनाउन ‘प्रचण्ड’को निर्देशन

अ+ अ-

काठमाडौँ । उपनिर्वाचनको एजेन्डा सुशासन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । 

आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा भ्रष्टाचार विरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन उनले पार्टीका नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उपनिर्वाचन हुन लागेको काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडाध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरूसँगको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मंगलबार उक्त निर्देशन दिएका हुन् ।

‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौँ, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो,’ अध्यक्ष दाहालले भने, ‘आसन्न उपनिर्वाचनको मुख्य एजेन्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रूपमा अघि बढ्नेछ ।’

माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारबाहीका कारण जनताको बीचमा महत्त्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिविधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचार विरोधी कसलाई छनोट गर्ने भन्ने परीक्षणको समय पनि हुने दाहालले बताए ।

माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्रा. डा. शिव शरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर वडा नम्बर १ को वडा अध्यक्षमा अष्टमान महर्जन र वडानम्बर ४ को वडा अध्यक्षमा इञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस