१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा बोर्डका निर्देशक डा. बसौलाद्वारा चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आबद्ध भएका छन् ।

आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आबद्ध भएको जानकारी गराएका हुन् ।

उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बीमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।

बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।

त्यस्तैबसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई, सो को सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भइरहेको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।

उनले सीमित जनशक्तिका बाबजुद आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारबाहीहरू सन्तोषजनक रहेको धारणा राखे। बसौलाले स्वास्थ्य बीमाको स्थायी संगठन संरचना स्वीकृत गरी आफ्नै कार्यविवरण अनुसारको कर्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए । कार्यकारी निर्देशक बसौलाको चार बर्षे कार्यकाल आगामी मंसिर २५ गतेबाट समाप्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस