२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ। घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ। २ सय ४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर जित पक्का गरेको हो।

अस्ट्रेलियाको जितमा कप्तान प्याट कुमिन्सले महत्वपूर्ण इनिङ खेले। नवौँ नम्बरमा ब्याटिङमा आएका उनले नटआउट ३२ रन जोडे। एक सय ५५ रनमा ७ विकेट गुमाएको अवस्थामा कुमिन्सले सिन एबटसँग आठौँ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। कुमिन्स र मिचेल स्टार्कबीच नवौँ विकेटका लागि अविजित १९ रनको साझेदारी भयो।

घरेलु टोलीका विकेटकिपर जोस इङ्लिसले ४९ र स्टिभन स्मिथले ४४ रन बनाए। पाकिस्तानका ह्यारिस रौफले ३, साहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र मोहम्मद हसनैनले एक एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो। अस्ट्रेलियाका स्टार्कले ३ तथा कुमिन्स र एडम जाम्पाले २/२ विकेट लिए। पाकिस्तानका मोहम्मद रिजवानले ४४, बाबर आजमले ३७ र नसिम शाहले ४० रन बनाए। साहिन शाह अफ्रिदीले पनि २४ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस