१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोगका पूर्वउपाध्यक्ष डा. सैँजुको अन्त्येष्टि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा आज अन्त्येष्टि गरिएको छ ।

पूर्वउपाध्यक्ष सैँजुको अन्त्येष्टिमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलगायत आर्यघाट पुगेर श्रद्धाञ्जली दिएको सैँजुकी छोरी मीता सैँजु प्रधानले जानकारी दिइन् ।

लामो समयदेखि पार्किनसन रोगबाट पीडित सैँजुको ८३ वर्षको उमेरमा सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको थियो । उनका छोरा विदेशबाट आउनुपर्ने भएकाले चार दिनपछि आज अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

सैँजुले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण र प्रवल त्रिशक्ति पट्टबाट उनी सुशोभित भएका थिए। 

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा बढी लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस