१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई

अ+ अ-

धरान (सुनसरी) । ‘विमल कृति पुरस्कार-२०८०’ पुरस्कार इलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात्तिक २४ गते हुने ३३औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा रु. दुई लाख राशीको विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामा निर्णायक समितिको सिफारिसअनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृतिलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताए । 

उपाध्यक्ष मेन्याङ्वोका अनुसार, शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको बताए । कात्तिक २४ गते हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद रु. २१ हजार, रु. १८ हजार र रु. १७ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए । धरानका १०३ वर्षीया दिलमाया गुरुङ, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र वीरेन गुरुङलाई  सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस