२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ वर्षपछि दम्ती सब-स्टेसन सञ्चालन

अ+ अ-

प्यूठान । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब-स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब-स्टेसनको उद्घाटन गरेका हुन् ।

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब-स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब-स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब-स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गरे ।

सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सब-स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुने बताए । उनले मङ्सिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका-३ रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब-स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब-स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले रु. सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब-स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले रु. पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए ।

प्रतिक्रिया दिनुहोस