काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (सीबीडी कोप-१६) मा भाग लिन कोलम्बिया प्रस्थान गरेका छन् ।
मन्त्री शाही वन तथा वातावरण मन्त्री स्तरीय बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जानकारी दिएको छ ।
कोलम्बियाको काली सहरमा कात्तिक १० देखि १५ गतेसम्म हुने सीबीडी कोप-१६ सम्मेलनमा मन्त्री शाहीले सोमबार र मंगलबार हुने उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री शाहीले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयक छलफललाई सम्बोधन गर्नेछन् । उनी कात्तिक १७ मा स्वदेश फर्किने मन्त्रालयले जानकारी दिएको छ ।