२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्तीमा आनीसहित मानव सेवा आश्रमको राष्ट्रिय उद्धार यात्रा टोलीलाई स्वागत

अ+ अ-

काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको जनाएका छन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्बोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने बताएका हुन् ।

मानव सेवा आश्रमको मेची(महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई आइतबार स्वागत गर्दै उनले मानव भएर मानवको हिसाबले बाँच्न पाउने वातावरण सुनिश्चित गरिने बताए ।

प्रदेशभित्र रहेका मानव सेवा आश्रम र त्यहाँ आश्रितहरूको विवरण संकलन गरिने उनले जानकारी दिए ।

मेची(महाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागीहरूलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरे । आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितको टोलीलाई स्वागत तथा सम्मान गरेका हुन् ।

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धार टोली १३ औँ दिनमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी पुगेको हो । अभियानको क्रममा १२८ सडक आश्रित मानवको उद्धार गरिएको छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरूबाट हालसम्म २८ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस