२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोसपाद्वारा कार्यालयका लागि नेताहरूको कार्य विभाजन

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्य विभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनी जिम्मेवारी तोकिएको छ ।

सचिवालय सदस्यहरू डा. सुरेन्द्र झालाई आइतबार, अभास लाभ सोमबार, मनिष मिश्र मंगलबार, विनोदकुमार सिंह बुधबार, ज्ञानेन्द्र झा बिहीबार, निर्जला राउत शुक्रबार, पुष्पा ठाकुर र कवीन्द्र ठाकुरलाई शनिबार पार्टी कार्यालयमा उपस्थित रहन पार्टीले कार्य विभाजन गरेको छ । 

त्यस्तै पार्टीको लेवी उठाउने जिम्मेवारी कोषाध्यक्षद्धय निर्जला राउत र कवीन्द्र ठाकुरलाई दिएको छ । 

पार्टीद्वारा विभिन्न क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्न सहजता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रको जिम्मेवारी अभाष लाभ र ज्ञानेन्द्र झालाई दिएको छ भने निर्वाचन आयोगको जिम्मेवारी सुरेन्द्रकुमार झा र प्रदीप पाठकलाई दिएको छ । 

त्यस्तै सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी डा. सुरेन्द्रकुमार झा र मनिष मिश्रलाई दिएको छ । गैरसरकारी तथा राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गर्ने जिम्मेवारी पुष्पा ठाकुरलाई दिएको छ भने निजामती कर्मचारीसँग समन्वय गर्ने जिम्मेवारी विनोदकुमार सिंहलाई दिएको छ । 

त्यसैगरी उद्योग, वाणिज्य तथा व्यापारबारे समन्वय गर्ने जिम्मेवारी निर्जला राउत, कविन्द्रनाथ ठाकुरलाई दिएको छ । त्यस्तै, संघीय मन्त्रीलाई प्रत्येक शुक्रबार पार्टी कार्यालयमा उपस्थित हुन लोसपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस