२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस छाडेका सापकोटा बने सुर्खेतको रास्वपा सभापति

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला समितिको सभापतिमा रमेशकुमार सापकोटा चयन भएका छन् ।

बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले सापकोटालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कमिटी सचिव रहेका सापकोटाले बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए । उनले काँग्रेस नगर सचिवबाट राजीनामा दिनुको कारण भने कार्यव्यस्तता देखाएका थिए ।

तर काँग्रेस नेतृत्वको पेलानका कारण राजीनामा दिएको उनी निकट नेताहरू बताउँछन् । सुर्खेत काँक्रेविहार यातायात प्रालिको अध्यक्षसमेत रहेका सापकोटा यातायात समितिमा पछिल्लो समय देखिएको विवादकै कारण पार्टी परित्याग गरेको नेताहरू बताउँछन् ।

काँग्रेस नेतृत्वको व्यवहार ठिक नभएकै कारण आफूले पार्टी परित्याग गरेको सापकोटाले बताए । ‘पहिलो कुरा काँग्रेसभित्र नेतृत्वको व्यवहार नै ठिक भएन । दमन कारी व्यवहार देखियो’, सभापति सापकोटाले अनलाइनखबरसँग भने, ‘अर्को कुरा दमनकारी नेतृत्व र पुरानो ढर्राको राजनीतिबाट परिवर्तन हुने आस नदेखेपछि विद्रोह गरेको हुँ ।’

यस्तै रास्वपा सुर्खेतको उपसभापतिमा जगत बस्नेत, सचिवमा विनम शाही, सह सचिवमा भूपेन्द्रबहादुर थापा, कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा हिरासिङ थापा, केशरी वली, बालकृष्ण शर्मा, मोहनसिंह खत्री, किशोर थापा, राहुल बिक र शान्ति बिशुन्खे सहित १३ सदस्य नयाँ कार्यसमिति चयन भएको रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रथम जिल्ला अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य सन्तोष परियारको प्रमुख आतिथ्यतामा सुर्खेत भेला सम्पन्न भएको छ । आजै करिव ७० जना युवाहरू रास्वपामा प्रवेश गरेको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस