२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व लक्षित बजार अनुगमन: तीन लाख बढीको सामान नष्ट

अ+ अ-

तनहुँ । बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु. तीन लाख बढीको सामान नष्ट गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिए । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र मनाङमा असोज पहिलो सातादेखि दसैँको बिदा हुने अघिल्लो दिनसम्म बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको उनले बताए । 

त्यस क्रममा पकाएर खाने झिलिङ्गा, आलुचप, ललिपपजस्ता तारेका र भुटेका खानेकुरामा ‘फुड कलर’ भनेर चिनिने ‘कोलटार’ रङ प्रयोग गर्नेलाई चेतावनीसहित यस्ता कार्य नगर्न भनिएको थियो । यस्तै व्यवसाय दर्ता तथा नवीकरण नगरेका, मूल्य सूची नराखेका, म्याद गुज्रिएका सामान प्रयोग गरेका, लेबल स्पष्ट नभएका सामान बिक्री वितरण गर्ने व्यावसायिक फर्मलाई रु तीन हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको डिभिजन प्रमुख आचार्यले जानकारी दिए । 

असोज पहिलो सातादेखि नै बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको करिब रु डेढ लाख बराबरको मासु तथा झिलिङ्गा बरामद गरी नष्ट गरिएको छ । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको क्षेत्र नवलपुरको विनयी त्रिवेणीसम्म बजार अनुगमन गरिएको थियो । “ त्यस अवधिमा नवलपुरका निजी तथा सामुदायिक विद्यालयमा सञ्चालित क्यान्टिन सञ्चालकलाई तालिमसमेत प्रदान गरिएको थियो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा रहेका होटेल, खाजा घर, गोरखामा रहेका पानी उद्योग र बेकरी उद्योग अनुगमन गरियो । त्यस क्रममा म्याद गुज्रिएका सामान नष्ट गर्‍यौँ”, डिभिजन प्रमुख आचार्यले भने । 

प्रतिक्रिया दिनुहोस