२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिधा कुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना रिहा

अ+ अ-

काठमाडौँ । सिधा कुरा अनलाइनका दुई पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन् । प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन् ।

फैसलाको सर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रवार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवै जना आइतबार (आज ) रिहा भएका हुन् ।

सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो । अदालतको आदेशमा उनीहरूले गल्ती पुनः नदोहोर्याउने प्रतिबद्धतासहित निःशर्त लिखित माफी मागेमा सजाय ७ दिनमा छोट्याउन सकिने भनिएको थियो ।

प्राप्त सूचनाको वैधानिकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अवरोध पुग्ने गरी अफवाह फैलाउने कार्य गरेको आरोपमा उनीहरूलाई सजाय सुनाइएको थियो । सिधा कुराले ‘द डार्क फाइल’ नामको कार्यक्रममा एउटा अडियो प्रसारण गरेको थियो जुन अडियोका आधारमा सर्वोच्चका न्यायाधीश, ठुला मिडियाका मालिकसहित केही प्रतिष्ठित व्यक्तिहरूमाथि गम्भीर आरोप लगाइएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकालको नौ सदस्यीय बृहत् पूर्ण इजलासले सो फैसला गरेको थियो । यही असोज १३ मा कँडेल र ढुंगानासहित उनीहरूलाई सूचना दिने राजकुमार तिमिल्सिनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस