२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्यका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ का लागि महत्त्वपूर्ण कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्रालयको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममार्फत सेवा प्रवाहलाई गुणस्तरीय, भरपर्दो र समयमै सम्पन्न गर्न मन्त्री नवल किशोर साह सुडी र सचिव दिनेश भट्टराईबीच सम्झौता भएको हो।

शुक्रबार मन्त्रालयमा सम्पन्न उक्त सम्झौतामा मन्त्रालयका योजना र कार्यक्रमहरूलाई निर्धारित समय, लागत र गुणस्तरका आधारमा सफलतापूर्वक सम्पन्न गर्नका लागि तीन चरणमा कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। पहिलो १०० दिन, दोस्रो १०० दिन र बाँकी अवधिमा मन्त्रालयको कार्यसूची अनुसार कार्यक्रमहरू सञ्चालन गरिनेछ।

मन्त्रालयका योजना अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाइ उद्धार, सडक बालबालिकाको उद्धार तथा पुनर्स्थापना, हराएका बालबालिकाको पारिवारिक पुनर्मिलन जस्ता कार्यहरू समावेश छन्। यसका साथै, लैङ्गिक हिंसापीडित महिला तथा मानव बेचबिखन पीडितहरूको उद्धार, संरक्षण, र पुनर्स्थापना गर्ने कार्यक्रम पनि यस सम्झौतामा समावेश छ। मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ को संशोधन, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, र संघ संस्थासँग सम्बन्धित नीतिहरू तर्जुमा गर्ने योजना पनि कार्यान्वयन गरिने भएको छ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति लागू गर्ने र महिला तथा बालबालिकासँग सम्बन्धित कानुनी सुधारका लागि कार्य योजना तयार पारिएको छ।

सम्झौता समारोहमा सहसचिवद्धय दीपक राज नेपाल र आभा श्रेष्ठ कर्ण तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

यस सम्झौताले मन्त्रालयले अगाडि बढाउन लागेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस