२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

अ+ अ-

ललितपुर । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।

गुठीद्वारा बिहीबार ललितपुरको रातो बङ्गला स्कुलमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गरेका हुन् । गुठीको साधारण सभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा. डा. यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही रु. चार लाख रहेको छ ।

गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा. डा. यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिए ।

‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गरेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसकेका छन् ।

पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताए। “मैले मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखानमार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु । नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्‍याइरहेको दुई सय १० वर्ष जति अघिको त्यस लडाइँबारे सिपाहीहरूले त्यति बेलै भनेका सत्य कथाको पुनः कथन गरेको छु”, उनले भने ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा डा यादवले नेपालका भाषाहरूको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गरे। “विभिन्न सङ्कटग्रस्त भाषाहरूको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ । तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ”, उनले भने ।

गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिए ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस