२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि स्वास्थ्य मन्त्रीद्वारा सर्वपक्षीय छलफल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्पछि फैलन सक्ने सङ्क्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीन वटै तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीसँग बुधवार छलफल गरेका हुन् ।

मन्त्रालयमा भएको विशेष बैठकमा उनले बाढी, पहिरो पछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेङ्गुलगायत सङ्क्रामक रोग लाग्न नदिन आआफ्नोतर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग गर्न आग्रह गरे ।

विपद्का समयमा स्वास्थ्यकर्मीले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, “स्वास्थ्यकर्मीले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ ।” उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङ्क्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठ्यारो फुकाउन मन्त्रालय लाग्ने उनको भनाइ थियो ।

बैठकमा खानेपानीमन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध खानेपानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।

बैठकमा बाढी, पहिरोबाट बढी प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कोसी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै खानेपानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले दुई वटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए । उनले सङ्घीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर सङ्क्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानीका स्रोत प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै शुद्धीकरणका उपाय अपनाइ खानेपानी वितरण गरिरहेको जानकारी गराए ।

बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य मन्त्रीको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा सङ्क्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस