२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन विज्ञानमा दुई दिन : अनुभव र अनुभूति

अ+ अ-

श्रद्धेय रमेश गुरु मन्द मुस्कानका साथ तोकिएको समयमा हलभित्र प्रवेश गर्नुभयो। उहाँले हरि ॐ प्रणव मन्त्रद्वारा हामी तालिममा सहभागीहरूलाई स्वागत गर्नुभयो। सहभागीहरूको तर्फबाट गडगडाहट अभिवादनको ताली बर्साइयो।जीवनशैली कार्यक्रममा औपचारिक उद्घाटन भएन; मन्तव्य भएन र तोकिएको कार्यक्रम समयमा नै शुरू भयो।यसैगरी, कार्यालयका हरेक कार्यक्रम शुरू भए समयको बचत हुने थियो।मान सम्मान पुर्‍याउनै गाहारो र विवादको बिउँ हुनसक्ने आसन ग्रहणको विनाको यो तरिका अनुकरणीय लाग्यो।यस कारण कार्यक्रमको शुरूआति चरण ज्यादै सकारात्मक रह्यो।

जीवन विज्ञानका संस्थापक द्वय श्रद्धेय गुरु एल पी भानु र श्रद्धेय रमेश गुरुज्यूको आभा मण्डलमा रहेर हामी सहभागीहरूले जीवन शैली विज्ञानको नखुलेका पाटाहरूको बारेमा जानकारी लिन पाइयो र प्रत्यक्ष रूपमा अभिमुखीकरणको स्वाद लिने अवसर प्राप्त भयो।स्वदेश र विदेशमा गरी चालिसौं लाख लाभान्वित भएका मानिसहरू र पैंसठ्ठीभन्दा बढी देशहरूका भएका तालिम कार्यक्रमका आधारमा बनेको दुई दिने प्रयोगशाला मार्फत हस्तान्तरण भएको ज्ञानको केही अंश यस लेखमा समेट्ने प्रयास गरेको छु।  

सम्पूर्ण मानवभित्र रहेको सम्भावनालाई उजागर गरेर आफूभित्रको जीवन ऊर्जालाई स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सर्व कल्याणमा लगाउन गुरूद्वयले अनेकौँ व्यवहारोपयोगी कार्यक्रम मार्फत प्रत्यक्ष मार्गदर्शन गरिरहनु भएको छ।यसै सिलसिलामा विषयको उठान भयो, विद्या: धनं प्रधानम् की स्वास्थ्य धनं प्रधानम् बाट। विद्या: धनं प्रधानम् जस्ता स्थापित मूल्यहरूलाई कसरी चुनौती दिनुहुन्छ त गुरुदेवहरूले; यो सबै सहभागी साथीहरूको चासोको विषय बनिरह्यो।

हुन त विद्या प्राप्ति पश्चात् धन प्राप्त हुने हो।यही सञ्चित धन नै स्वास्थ्यका लागि खर्च गरिन्छ।तर अहिलेको समयमा नसर्ने रोगहरू लागेपछि हुने सर्वस्व खर्चले पनि स्वास्थ्यपना कायम गर्न धौ धौ पर्ने गरेको छ। त्यसैले, सात प्रकारका स्वास्थ्य (शरीरको स्वास्थ्य, मनको स्वास्थ्य,  प्राण,  भावना, बौद्धिकता, दृढता र आनन्दित हुने क्षमता) सबल र प्रबल बनाउनुपर्दछ। यहाँनेर स्वास्थ्य धनं प्रधानम् भनियो।यही सङ्कल्प उजागर गर्न आध्यात्मिक ज्ञानको लागि प्रतिबद्धताको साथ, जीवन विज्ञानले भित्री जागरण र आत्म-अनुभूतिको मार्गलाई उज्यालो बनाउने गरेको छ।

आनन्दमय सङ्गीतका माध्यमबाट स्वार्थमा नदेखिने, बुद्धिले नभेटिने, हृदय कोमलमा फुल्ने, प्रीति रहेछ जीवन भनी जीवनको परिभाषा गरियो।त्यसैगरी सङ्गीत तरङ्ग चल्ने, आनन्द दीप बल्ने, देवाधिदेव बस्ने मन्दिर रहेछ जीवन पनि भनियो।यसरी शरीररूपी मन्दिरको भित्रतर्फ घोत्लिएर हेर्न बाध्य भइयो।सँगै गुरुजीको लयमा शरीरलाई थकित हुने गरी नाच्ने काम समेत भयो।

आफ्नो तौलको कूल ग्रामको सय अंश हटाएर बिहानीको नास्ताको परिणाम खानुपर्ने थियो।यसमा तरलको अंश सत्तरी प्रतिशत र बाँकी ठोस खान भनिएको थियो।नास्तामा सात्त्विक भोजन समावेश थियो।सफा र चिटिक्क परेको भान्सा घर र सँगैको टेबुलमा बसेर मौन क्षेत्रमा स्वादिलो नास्ता खाइयो; लसुन प्याजरहित। कति मीठो। नानीदेखि नै लागेको बानी अनुसार मनले के मान्थ्यो र? भनिएको सूत्र अलि बिर्सेर अलिकति भने पनि बढी खाइयो नै।आफैँ खाना लिनु र आफैँ भाडाको सरसफाइ गर्ने तरिका झनै दर्शनीय रह्यो र मननीय रह्यो; जो स्वव्यवस्थापनको एक अभ्यास थियो।

शरीरका लागि पोषणको महत्त्व अधिक छ।पाञ्चभौतिक तत्त्वद्वारा बनेको मानव शरीरका लागि पोषणका तीन स्रोतहरू रहेका छन्।१ खाना २श्वास र ३ निद्रा।तीनबाटै स्रोतहरूको हिस्सा तेत्तिस प्रतिशत बराबर मानिँदो रहेछ। कस्तो आहार खाँदाखेरि मानव जीवन स्वास्थ्य हुनसक्छ? यसका लागि ताजा खाना खानु र वासी सडेगलेका खाना त्याग्नु अनिवार्य छ।यी कुराहरू हिजो भनिने गरेको वासी भात नखानु भन्ने बूढाबूढीको आख्यानसँग मज्जाले मिल्न आउँछ।यो कुरा आजकलको विज्ञानले पकाएको पाँच घण्टाभित्र खाइसक्नुपर्ने मान्यतासँग ठ्याक्कै मेल खान्छ।डढाउने गरी भुटेका, ज्यादै तेल, ध्यू भएका र मसालादार खानेकुरा कदापि सन्तुलित खानेकुरा होइनन् भन्ने कुरा गुरुहरूले बारम्बार दोहोर्‍याइ रहनुभयो।सँगै हिंसारहित खानेकुरा खानाले मात्र मानव हित हुने कुरामा गुरुहरूले ठोकुवा गर्नुभयो।

सार्वजनिक जीवनमा नैतिकताको खडेरी परिरहेको वर्तमान समयमा नैतिकता जागरणका केही सन्देशहरू गुरुहरूले दिनुभयो।मानिसको कमाई वा आम्दानी कर्मका आधारमा हुनुपर्दछ, यसबाट मात्र मानिसमा मीठो र गहिरो निद्रा पर्ने विश्वास व्यक्त भएको थियो।ब्रह्मस्व, राजस्व र शिवस्व प्रति विशेष संवेदनशील हुन राष्ट्रसेवकहरूमा आव्हान गरिएको थियो भने अन्य सामान्य नागरिकहरूमा पनि यो चेतना हुनु उत्तिकै आवश्यक रहेको विषयलाई औँल्याइएको थियो।यी तीन ब्रह्मस्व, राजस्व र शिवस्य खानेहरूको शरीरमा पक्कै पनि पोष लाग्ने छैन बरु दोष लाग्छ भन्नेमा विश्वस्त हुन पुगियो।

श्रद्धेय रमेश गुरुले मानिसलाई गम्भीर नहुन र जहीतहीं प्राप्त हुने तीन अवसरहरू नचुकाउन अनुरोध गर्नुभयो।एक सङ्गीतमय कार्यक्रममा हाँस्ने दुई आध्यात्मिक कार्यक्रममा समावेश भइ ताली बजाउनाले तनावका गाँठाहरू फुक्ने र जीवन सहज हुनेछ।त्यसैगरी, नाचगान गर्ने अवसर पनि नछोड्न भनिएको थियो।विवाहको जन्ती लिएर आएको टोलीसँगै कम्मर मर्काएर नाच्न र रमाउन अप्ठ्यारो मान्न नहुने विषयमा सहमत भइयो।भोज खान पो निमन्त्रणा हुनुपर्छ त; सित्तैमा नाच्न किन नहुने गुरुको आग्रह थियो।यो सुनेर कसिएको मन सजिलै हाँस्न पुगेको थियो।मन फुकाउने गरी हाँस्न सकेमा तनाव विसर्जन मात्र हुने होइन, अन्य थाइराइड लगायतका रोगहरू निर्बल हुने समेत जानकारी पाइयो।

जीवन विज्ञानका कार्यक्रमहरूले आधुनिक व्यवस्थापन सिद्धान्तहरू, मनोविज्ञान र आध्यात्मिक अभ्यासहरूको पवित्र संश्लेषण गर्ने रहेछ।श्रद्धेय गुरु एल पी भानु शर्माले शुरूआतमै लंकाको युद्ध सकियो, परियोजना सकियो बाट आफ्नो कुराहरू शुरू गर्नुभयो।नेपालमा आयोजना व्यवस्थापन चौपट हुने गरेको अवस्थामा यस प्रकारको इतिहासले गाला रातो बनाउने गरी झापड लगायो।राजा रामको काज वायु पुत्र हनुमान, जाम्बबान र राजा सुग्रीव आदिको सहायतामा सकियो।यी सबै कर्मधिकारीहरूले परियोजनाका लागि गर्नुपर्ने सबै तयारी पश्चात् लंका पुगेका थिए।यो काममा विशेष गरी हनुमानजीको क्षमताको पूर्ण उपयोग गरिएको थियो।दृढ इच्छा शक्ति भएका हनुमानलाई वायुको गतिमा उडनसक्ने बनाइयो।यी साधु र सज्जन रक्षक हनुमानजीलाई नेपाली लाजनीतिमा लाक्षणिक अर्थमा गलत प्रयोग भइ आएको विषय क्षम्य हुनसक्तैन।बरु हनुमानको राजा रामको राजदूतका रूपमा उनले गरेको योगदान र अतुलित बलको आख्यान शैक्षिक पाठ्यक्रममा समावेश भए हाम्रा भोलिका कर्णधार विद्यार्थी लाभान्वित हुने कुरामा असहमत हुनै पर्दैन।

करिव सात सय गीत लेखेका टैगोर जो नोबेल साहित्य पुरस्कार विजेता हुनुहुन्छ, उहाँले समेत आफ्नो अन्तिम समयमा आफ्ना कविता लेखनका कामहरू नसकिएको र अझै कविता लेखनमा आफू अतृप्त भएको ऐतिहासिक जानकारी दिदैं गुरुले प्रगतिको अपेक्षा निरन्तर हुनेतर्फ औँल्याउनुभयो। अर्थात् मानव जीवनको अन्तिम सम्म नै सक्रियताको निम्ति आग्रह गरिरहनु भयो।

जीवन विज्ञानको मुख्य उद्देश्य भनेको मानिसहरूलाई आध्यात्मिक रूपमा अगाडि बढ्न र आन्तरिक खुसी र शान्ति पाउन मद्दत गर्नु हो। त्यसका लागि मानिसको जन्मको सार्थकताको खोजी सर्वाधिक महत्वको विषय हो।यस कारण म किन जन्मिए? जन्मको प्रयोजन के हो ? मानिसका कर्तव्यहरू के हुन? यसलाई कसरी पुरा गर्न सकिन्छ? ई विषयहरू बुझ्दै जाँदा मानिसका दुई लक्ष्य हुने रहेछन्।एक दुःखबाट मुक्ति र दुई परम आनन्दको प्राप्ति।

साधारण मानिसहरू शारीरिक अभ्यास, प्राणायाम र ध्यानद्वारा क्रम मुक्तिमा जान सक्छन् भने योगी ध्यानीहरू सद्यो मुक्तिका लागि प्रयत्नरत हुन्छन्।यी विषयहरूको बारेमा श्रीमद्भागवत कथा र श्रीमद्भागवत गीतामा व्याख्या र विवेचना गरिएको छ। ध्यान लागेमा सर्वाधिक शान्त मिल्छ।यो गरेर अनुभूति हुने कुरो हो।यु एस ए को कृषि मन्त्रालयको अनुसन्धान २०१५ का अनुसार ध्यान गर्नेहरूको आयु  चौध वर्षसम्म बढेको निष्कर्ष गुरुजीद्वारा जानकारी गराउनुभयो।

जीवन विज्ञानको केन्द्र विन्दुमा गहिरो दृष्टि छ, एउटा दृष्टि जसले पार्थिव क्षेत्रका सिमानाहरू पार गर्छ र मानव आत्माको गहिरो आकांक्षाहरूसँग प्रतिध्वनि गर्दछ।जीवन विज्ञानले सत्य र आध्यात्मिक यात्राको खोजी गर्नेहरूको लागि पवित्र आश्रय स्थलको रूपमा सेवा गर्दछ।हो पनि मानव शरीरको योगाभ्यास र प्राणायामद्वारा मनको शुद्धीकरण भई यसको परिणामले अठचालिस वटा लोभ हटाउँछ भन्ने हावर्ड विश्वविद्यालयको अनुसन्धानलाई श्रद्धेय गुरु एल पी भानुले औँल्याउनु भयो।धेरै जसो मानिसमा आफूले चाहे जति गर्न नसकेको अनुभव गर्ने उमेर ४२ देखि ४५ मानिएको छ।हाल यो उमेर प्रविधि आदिको कारण१०वर्षले कम भएको छ।पहिले स्वास्थ्य, खुसी र जवानी बेचेर पैसा कमाइन्छ पछि यसैका लागि खर्च गर्नैपर्छ।यस कारण आफ्नो भन्ने केही हुँदैन।धन सम्पत्ति आउँछ जान्छ, यो अस्थायी प्रबन्ध मात्र हो।साथ जाने भनेको कर्म मात्र हो।

देवी पुराणकाअनुसार जीवनमा लक्ष्य नहुनु पाप कर्म हुन।भगवान् कृष्णले कर्मबाट कोही निवृत्त हुँदैन भनी महावाहु अर्जुनलाई भन्नुभयो।हामीले अभ्यासमा प्रतिकर्म गरेका छौँ, निषिद्ध कर्म गरेका छौँ। यो ठिक होइन।तसर्थ, स्वकर्म थाहा पाएर गर्नुपर्दछ।लक्ष्यका लागि कर्म अनिवार्य छ।लक्ष्य निर्धारण भएको कर्मले दश प्रतिशतसम्म कार्यसम्पादन बढ्न सक्छ।यसका लागि कर्मको गुणवत्ता हुन जरुरी छ।बाँकी कामले तनाव दिन्छ।तसर्थ,लोक समाजमा काम साँचे आफूलाई खान साँचे अरूलाई भनिएको हो।

मानिसलाई काममा लगाउने चार तरिकाहरू छन्।एक डर दुई लोभ तीन अहङ्कार र चार प्रेम हुन्।यी तरिका अपनाउन सके कार्यसम्पादनमा उपयोगी हुनेछ।गुरु रमेशले अहङ्कार जगाउन सके यसबाट अधिक नतिजा प्राप्त हुने जानकारी दिनुभयो।प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण र क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवम् समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल लक्ष्य रहेको जानकारी पाइयो।

मानिसहरूलाई हरेक तरिकाले अब्बल हुन र अगाडि बढ्न मद्दत गर्नको लागि आध्यात्मिक अभ्यासहरूसँग आधुनिक विचारहरू मिसाइ प्रयोग गर्न सिकाउने उद्देश्य रहेको यस संस्थासँग त्यो क्षमता रहेको प्रमाणित भइसकेको छ।पुराना कुरा गर्नेहरू चरम असन्तुष्टिमा रहेको सहजै अनुमान गर्न सकिन्छ।ती मानिसहरू भूतकालमा बाँच्छन् तर राज्यको लागि भविष्यको लक्ष्य पुरा गर्न  चाहने मानिस चाहिएको छ।यसका लागि फराकिलो सोच बनाउन वैश्विक नागरिक बन्न र बनाउन जरुरी छ।वैश्विक नागरिक नै बढी खुसी हुने गरेको अध्ययनद्वारा देखिएको छ।सामाजिक नेतृत्व सिपको महत्ता बढ्दै गएको छ।

मानिसलाई आध्यात्मिक विकास र प्रेमले भरिएको उज्यालो भविष्यतर्फ हिँडाउने, योग, ध्यान र सजगताले मानिसहरूलाई आफ्नो वास्तविक आत्मा पत्ता लगाउन र आफूमा लुकेको क्षमता उजागर गर्न मद्दत गर्न भने विद्यालय शिक्षाबाट नै योग शिक्षाको शुरूआत गर्नजरूरी देखिएको छ।यस कुरालाई मनन गरी संयुक्त राष्ट्र सङ्घले पनि योग शिक्षालाई स्वास्थ्य रहने एक दीर्घकालीन उपाय मानेको छ।यसका लागि स्रोत सामग्री संस्कृत भाषाबाट पाइने हुनाले संस्कृत भाषाको रोजाई बढ्दो छ।नासाले सन् २०३२ बाट संस्कृत भाषा अनिवार्य गरेको छ।यस अर्थमा पाणिनी, पतञ्जलि र व्यास आदिको खोज तथा योगदान अतुलनीय मान्नुपर्दछ।

धार्मिक कट्टरता वा साम्प्रदायिकताबाट मुक्त, जीवन विज्ञान सार्वभौमिक सत्यको ज्योतिको रूपमा खडा छ, सान्त्वना र आध्यात्मिक विकास खोज्ने सबैलाई स्वागत गर्दछ।शान्तिका लागि मनको व्यवस्थापन जरुरी छ।शरीरको लागि सन्तुलित आहार विहार र परिश्रमको विकल्प छैन।शरीरको माया गर्नेहरू रोगका भकारी हुन्।ऊर्जा जागरण गर्न आध्यात्मिक ज्ञान आर्जन हुनु अनिवार्य छ।व्यस्त जीवन शैली भएका हामी सबैले स्वः जागरण विधि मार्फत निरन्तर कर्म गर्नु र लक्ष्य प्राप्तितर्फ उन्मुख हुनसकेमा मानव कल्याण निश्चित हुनेछ।योग: चित्त वृत्ति निरोध:।ॐ शान्ति।हरि ॐ तत्सत्।

प्रतिक्रिया दिनुहोस