२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाले विद्युत् आपूर्ति प्रभावित

अ+ अ-

काठमाडौँ । अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उनले बताए । 

बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएका प्रवक्ता घोषले जानकारी दिए । 

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिए । धेरै ठाउँ जलमग्न भएका तथा नदीहरूमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उनले उल्लेख गरे। साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस