२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटबल: नेपाल बहराइनसँग पराजित

अ+ अ-

काठमाडौँ । एफसी यु-२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । 

चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०-४ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।

नेपालले चार खेलमा तीन अंक मात्र जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३-१  गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६-० गोलअन्तरले पराजित भएको थियो ।

यस जितसँगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ । बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल गर्‍यो भने खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन् । सन् २०२५ मा हुने एएफसी यु-२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ । जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु-२० टोली एसियन कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस