२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी

अ+ अ-

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

मिथिला नगरपालिका-१० लालगढमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताए । मन्त्री दाहालले भने, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।”

उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताए । “कमला पुल नबन्दा भएको समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमनगरी निकास खोज्न आएका छौँ”, उनले भने ।

उनले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्राविधिकले अध्ययन गरिरहेको जानकारी दिए । “पुलमा राज्यको लगानी भइसकेको छ”, मन्त्री दाहालले भने, “प्राविधिक रूपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्पतर्फ अगाडि बढ्ने हो ।” मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताए । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रूपमा आवतजावत गर्न सक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस