काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू स्वदेश फर्किएका छन्। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन्। १० दिनको भ्रमणलाई छोट्टाएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले जानकारी दिए ।