२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

अ+ अ-

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा  तीनवटा टोली परिचालन गरेको छ । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका-२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका-२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड नाक्सा, महानगरपालिका-२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। 

अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एक पटक प्रयोग भएको तेल बारम्बार  प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए। 

यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका-११ स्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । उक्त केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको १००  डब्बा नक्कली घ्यस्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

विभागले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ स्थित मेहता स्टोर र सोही नगरपालिका-५ स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । विभागले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्न तथा खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग गर्न निर्देशन दिएको छ । 

 अनुगमनका क्रममा मूल्य सूची व्यवस्थित रूपमा नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएको प्रवक्ता महर्जनले सुनाए। मूल्य सूचीलाई सेवाग्राहीले देख्ने गरी व्यवस्थित रूपमा राख्न तथा व्यवसाय दर्तासम्बन्धी कागजात चुस्त दुरुस्त राख्न विभागले ती पसललाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस