१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भुटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको छ ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा २४ र २५ सेप्टेम्बरसम्म काठमाडौँमा हुन लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका छिरिङसँग भण्डारीको भेट भएको हो । सो अवसरमा मन्त्री भण्डारीले नेपाल-भुटानबीच गहिरो सामाजिक(सांस्कृतिक सम्बन्ध रहेको र जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए । भुटानी अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले छिरिङलाई बधाई दिए ।

‘भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरूका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्त्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको संघीय संसदले नेपाल-भुटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ’, भण्डारीले भने ।

भुटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औँल्याए । धार्मिक रूपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा उनको जोड थियो । दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्यका कुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस