१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्ज एक साताभित्र टुङ्ग्याउने

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्य विभाजन गर्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरूको कार्य विभाजनको विषयमा छलफल गरिरहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

कार्य विभाजनको विषयमा छलफल गर्न आइतबार पनि सात सदस्यीय कार्यदलको बैठक बसेको थियो । उनले भने, ‘नेताहरूको कार्य विभाजनको विषयलाई लिएर कार्यदलले छलफल थालेको छ । हिजो पहिलो बैठक बस्यो । अब एक साताभित्र टुङ्ग्याउने तयारी छ ।’

असार तेस्रो साता दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्य विभाजन गर्न बाँकी छ । पदाधिकारीको निर्वाचन हारेका शीर्ष नेताहरूलाई पनि मिलाएर लानुपर्ने चुनौती छ । यसअघि पदाधिकारीमा रहेका रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत नेताहरू पराजित भएका छन् ।

महाधिवेशनपछि असन्तुष्ट सांसदहरु किसान श्रेष्ठदेखि प्रेम आलेसम्म एमालेसँग संवादमा रहेको बताइन्छ । त्यसो त आफूले चुनाव नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरै पटक छुट दिन नसकिने अध्यक्ष नेपालले सार्वजनिक रूपमै बताइसकेका छन् । पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरेको आरोप खेपेका नेपाललाई नेताहरूको कार्य विभाजन उस्तै चुनौतीपूर्ण छ । महाधिवेशनमा चिट बाँडेको विषयमा छानबिन गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यसबारेमा थप छलफल पार्टीमा भएको छैन ।

पार्टीका विभाग, आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ । त्यसैले अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस