काठमाडौँ । पोखरा महानगरपालिका-१३ को वडा कार्यालयमा नगदसहितको झोला भेटिएको छ ।
खैरो रङको उक्त झोला आइतबार साँझ ५ बजे वडा सचिव अन्जु गुरुङको कार्यकक्षमा भेटिएको वडा अध्यक्ष किरण बरालले प्रशासनलाई जानकारी दिए ।
आइतबार साँझ अबेरसम्म पर्खिँदा पनि झोला लिन कोही नआएपछि प्रहरीलाई खबर गरेर वडा कार्यालयको प्रहरी टोली र जनप्रतिनिधिको रोहबरमा उक्त झोला प्रहरीको जिम्मा लगाइएको बरालले बताए ।
झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत फेला परेको छ, बरालले भने, ‘कसैले दाबी गर्न नआएपछि झोला वडा प्रहरी कार्यालय राम बजारमा राखिएको छ ।’
झोला कसको हो ? किन छोडेको हो ? सम्पर्कमा किन नआएको हो ? भन्ने अहिलेसम्म केही पनि नखुलेको प्रहरीले जनाएको छ ।