१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

अ+ अ-

काठमाडौँ । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनीहरूले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्रिय सभाको चालु सोह्रौँ अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्त्वपूर्ण निर्णय, महत्त्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताइन् । विभिन्न विषयका सङ्कल्प प्रस्ताव पारित भएका उल्लेख गर्दै उनले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यान्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिए । “सुशासन, पुँजीगत खर्च बढाउन, उत्पादन वृद्धि गरेर रोजगारी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्छ,” उनले भने। 

सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताए । “अर्थ मन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका बुँदा संशोधन हुनु राष्ट्रियसभाको मुख्य उपलब्धि रह्यो,” उनले भने, “यो अधिवेशनमा भूकम्पपीडितको कुरा उठाएका थियौँ चिसो अगावै अस्थायी पुनः निर्माणको काम गरेर नयाँ घरमा बस्न पाउने छन् भन्ने विश्वास छ ।” 

सांसद बेदुराम भुसालले दसैँ तिहार जस्ता पर्वहरूमा मूल्य वृद्धि  नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए। “चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्छ,” उनले भने। 

सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा  सहमति कायम गर्नुपर्नेमा जोड दिए । यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस