२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए । आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू।’

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए । मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, हुम्लामा उत्पादन भएको स्वास्थ्यकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

साढे तीन सय रुपैयाँ प्रतिकिलो स्याउ नेपालका भाटभटेनीदेखि ठूला ठूला सुपरमार्केटमा बिकिरहेको तर, जुम्लाका स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको बताए । ‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिण्डिकेडधारीहरू किन्न तयार छैनन्’ उनले भने । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने र स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेको उनको दाबी छ । ६ अर्बको स्याउ विदेशबाट आयात हुने गरेको उनको दाबी छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस