२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ’ : नागरिकमन्त्री

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याएका छन् । 

राष्ट्रिय बाल दिवस-२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको  नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राखे।  

मन्त्री सुडीले सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताए। “हरेक विकास र परिवर्तनसँगै नयाँ समस्या पनि सिर्जना हुन पुग्छन् ।

आजका दिनमा बालबालिकाको संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतीको सामना गरिरहेका छौँ ।  बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह र लैङ्गिक विभेद तथा अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने अवस्था छ । यसलाई उन्मूलन गर्नु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो”, उनले भने। 

सोही अवसरमा सांसद सीताकुमारी रानाले पछिल्लो समय बालबालिका यौन हिंसा र दुर्व्यवहारका समस्या बढ्दै गएकाले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइन्। ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस