१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्रीद्वारा भारतीय समकक्षीसँग भेट, हवाई रुटबारे छलफल

अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भारतका नागरिक उड्डयन मन्त्री राममोहन नाइडु किन्जारापुसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबारदेखि सुरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटमा बिहीबार दुई मन्त्रीबीच छलफल भएको हो ।

भेटमा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन अन्तर्राष्ट्रिय विमानलाई भारतका विभिन्न सहरसँग जोड्नु पर्नेमा जोड दिए ।

उनले भारतका विभिन्न सहरबाट नेपाली सहरमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

पोखरा नेपालको पर्यटकीय राजधानीका रूपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेसँगै ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक मुक्तिनाथ दर्शनमा जाने गरेको उनले बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान गर्न भारतीय उड्डयन कम्पनीलाई प्रोत्साहित गनुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ ।

उनले बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भेटेका थिए ।

सो भेटमा समेत पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरिएको छ ।

सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीच  प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस