काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देउवालाई ओलीले जन्मदिनको शुभकामना दिएका हुन् ।
‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, उनले भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।’ सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!