१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पौडेलले भने-स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सक्ने अवस्था छैन

अ+ अ-

वीरगञ्ज (पर्सा) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

आज नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पारेका हुन् ।  

“मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यक पर्ने जनशक्ति छैनन् । एकै पटक सय जना डाक्टर र नर्सको दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई  नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन”, मन्त्री पौडेलले भने । 

उनले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताउनुभयो । “देशैभरिका अस्पतालमा उपकरण भरिभराउ गराउ भन्ने रहर नभएको होइन । तर, अहिलेको आर्थिक अवस्थाले त्योअनुसारको खर्च गर्न सक्ने अवस्था भने छैन”, उनले  भने, “त्यसैले अहिले जेजस्तो पूर्वाधार छ, त्यसलाई नै व्यवस्थित गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।” 

मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे । 

“नारायणी अस्पतालले आफैँ आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ”, उनले भने, “वीरगञ्ज जस्तो औद्योगिक र व्यापारिक सहरमा स्रोतको कुनै कमी छैन । त्यसैले पनि तपाईँहरूले अस्पताललाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुनेतर्फ आवश्यक योजना ल्याउन अनुरोध गर्दछु ।”

प्रतिक्रिया दिनुहोस