२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा उच्च नैतिकता र निष्ठा आवश्यक  -प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले निजामती सेवाको योगदान र यसको ऐतिहासिक भूमिकालाई उच्च मूल्याङ्कन गर्दै निजामती कर्मचारीहरूले मुलुकको राजनीतिक परिवर्तनमा गरेको परोक्ष र प्रत्यक्ष योगदानलाई सराहना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा तानाशाहीविरुद्धका संघर्षमा निजामती कर्मचारीहरूले खेपेको पीडा, बलिदान, र पेशागत हकहितका लागि गरेको आन्दोलनहरूलाई उल्लेख गर्दै ती संघर्षमा सहादत प्राप्त गर्ने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निजामती सेवामा रहेका कर्मचारीहरूका मागहरू क्रमशः पूरा हुँदै गइरहेको र कर्मचारीहरूको सहभागितामा भएका आन्दोलनहरू सफल भएको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल पार्न निजामती कर्मचारीहरूको भूमिकालाई महत्त्वपूर्ण ठहर गरेका छन् । उनले निजामती कर्मचारीहरूलाई स्वच्छ आचरण, उच्च नैतिकता र व्यावसायिक निष्ठाका साथ राष्ट्रिय एकतामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुन आग्रह गरेका छन्। साथै, जनताको सेवा र राष्ट्रको विकासका लागि निजामती कर्मचारीहरूले आफ्नो दक्षता अभिवृद्धि गरी निष्ठापूर्वक समर्पित हुनुपर्ने कुरामा पनि उनले जोड दिएका छन् ।

प्रधानमन्त्रीले लोकतन्त्रको स्थायित्व र जनतामा त्यसको विश्वास बढाउन निजामती सेवाको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भनेका छन्। निजामती सेवाको कुशल कार्यसम्पादनमार्फत मुलुकको आर्थिक र सामाजिक विकास सम्भव हुने भन्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै निजामती कर्मचारीहरूलाई ज्ञान, सीप, र दक्षता वृद्धि गर्न प्रेरित गरेका छन्। यससँगै, उनले निजामती सेवामा लाग्ने गरेका आलोचनाहरूलाई चिर्दै पेशागत निष्ठा, व्यावसायिकता, र उच्च नैतिक आचरण प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रधानमन्त्रीले बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपद्का घटनाहरूमा राष्ट्रसेवकहरूले देखाएको परोपकारी भावना र सम्पादन गरेको कार्यप्रति प्रशंसा प्रकट गरेका छन् । जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहलाई सरल, सहज, र प्रभावकारी बनाउन राष्ट्रसेवकहरूलाई उनले प्रेरित गरेका छन्।

‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइने २१औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीहरूमा उच्च नैतिक आचरण, इमान्दारीता, र जनताप्रति उत्तरदायित्वका साथ असल शासनको अनुभूति गराउन सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस