२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविद्वारा डीनलगायत पदमा आवेदन माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन खुलाएको छ । त्रिविले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै ८ संस्थान तथा संकायमा डीन, ११ क्याम्पसमा क्याम्पस प्रमुखलगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि आवेदन माग गरेको हो ।

त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले ८ वटा संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ । सचिवालयले चिकित्सा शिक्षा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षा शास्त्र संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । परिषद्ले गत साता ३÷३ सदस्यीय छनोट समिति गठन गरेको थियो । त्यस्तै, क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका ३ सहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँ, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, बुटवल बहुमुखी क्याम्पस, , डोटी बहुमुखी क्याम्पस डोटी, पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुर, विश्वभाषा क्याम्पस काठमाडौं, सुर्खेत क्याम्पस (शिक्षा) र जुम्ला क्याम्पसको प्रमुखका लागि दरखास्त माग गरेको छ ।

क्याम्पस प्रमुखका लागि आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन भनिएको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक नियुक्तिका लागि समेत आवेदन माग गरिएको छ ।

साथै त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोटसहितले दरखास्त माग गरेको छ ।यसैगरी त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोटसहितले दरखास्त माग गरेको छ । यी पदहरू खाली भएकाले निमित्तको भरमा चलेको थियो ।

मेरिटका आधारमा पदाधिकारी नियुक्ति गर्ने भन्दै त्रिविले यसअघि नै सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस