२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारदेखि चुनावी तालमेल हुनसक्ने अवस्था खोजी गर्न उपनिर्वाचनबारे नेकपा एसको सर्कुलर

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी उपनिर्वाचनको तयारी गर्न पार्टी पङ्क्तिलाई सर्कुलर पठाएको छ । उपनिर्वाचनको मिति घोषणा नहुँदै नेकपा एसले उपनिर्वाचन लड्नको लागि रिक्त स्थानमा पार्टीको अवस्थाबारे खोजी गरेको हो ।

महासचिव घनश्याम भुसालले सर्कुलर पठाउँदै भनेका छन्, ‘विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली पार्टी कार्यालय वा पार्टीका जिम्मेवार कमरेडहरूको साथमा हुन सक्छ तत्काल सोको अध्ययन गरी सूचीमा नाम समावेश गराउने विषयमा ध्यान दिनु हुनेछ ।’

उपनिर्वाचनको तयारीका सम्बन्धमा महासचिव भुसालले चार बुँदे निर्देशन पनि जारी गरेका छन् ।

१. निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ?

२. निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन रु त्यसको तथ्य परक विश्लेषण गरी पठाउने ।

३. निर्वाचन केन्द्रित (दशैँ, तिहार, छठ आदि) कार्यक्रम गरी जनता माझ पार्टीलाई पुर्‍याउने ।

४. निर्वाचन तयारीसम्बन्धी अन्य आवश्यक तयारी गर्ने ।

निर्वाचन आयोगले निर्वाचन हुने मिति घोषणा गर्नुअघिसम्म हालको मतदाता सूचीमा नाम नभएकाहरूको नाम समावेश गर्न पाइने हुँदा तुरुन्त जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरी मतदाता सूचीमा पार्टी समर्थकहरूको नाम समावेश गराउन ध्यान दिन भनिएको छ ।

उपनिर्वाचनको लागि नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस