२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब छिट्टै शिक्षा ऐन ल्याउँछौँ : शिक्षा मन्त्री भट्टराई

अ+ अ-

लेखनाथ (कास्की) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

पोखरा-३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसदमा छलफल भइरहेको बताइन । 

मन्त्री भट्टराइएले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारीसमेत दिइन् । “विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भनिन्, “संघ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अंक ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राखिन् । 

प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो । “संसदमा छलफल भइरहेको विद्यालय शिक्षा ऐन पारित भएपछि सामुदायिक विद्यालयको शिक्षाले फड्को मार्ने छ । स्थानीय तहले सामुदायिक विद्यालयमा अनुगमन गरी विद्यालयका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सृजना गरिदिनुपर्ने आवश्यकता छ”, मन्त्री भट्टराईले भनिन् ।  

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले विद्यालय स्तरको शिक्षा निःशुल्क प्रदान गर्ने दायित्व सरकारको भएकाले त्यो दायित्व पूरा गर्नुपर्नेमा जोड दिइन्। पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले गाउँगाउँमा उच्च मावि सञ्चालन गरेर बन्द गर्नुभन्दा विद्यार्थी भएका विद्यालयले मात्र उच्च मावि खोल्नुपर्ने सुझाव दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए । 

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस