२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक व्यवहारमा सुधार आवश्यक छ’

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालिकामाथि भइरहेको सामाजिक व्यवहार सुधार जरुरी रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले भने, “सामाजिक व्यवहार सुधार गर्न सामूहिक प्रयत्नको खाँचो पर्दछ ।”

कार्यक्रममा बालविवाह र उमेर नपुगी गरिने विवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुदृढीकरण परियोजनाका क्रममा भएका सिकाइ र अनुभव आदानप्रदान गरिएको थियो ।  बालविवाह रोक्ने नेपाल सरकारको नीतिमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा ‘ब्रेक थ्रु एक्सन’ले मधेस प्रदेशमा सन् २०२० देखि २०२४ सम्म बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण (आरसीइएफएम) परियोजना कार्यान्वयन गरेको थियो ।

स्थानीय सरकारको बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन गर्ने क्षमता सुदृढ गर्ने कार्यादेश अनुरूप यो परियोजनाले समुदायमा आधारित, सर्वपक्षीय समन्वय तथा तथ्यमा आधारित बालबालिकालाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहबाट  जोगाउनका लागि स्थानीय प्रणाली सुदृढ गर्ने काम गरेको छ ।

परियोजनाले रौतहटको दुर्गा भगवती गाउँपालिका र राजपुर नगरपालिका तथा महोत्तरीको जलेश्वर, मटिहानी, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिका गरी छ पालिकासँग सहकार्य गरेको थियो । बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण गर्न गाउँ/नगरपालिका तथा वडाका जनप्रतिनिधि, धार्मिक र सामुदायिक अगुवा, स्थानीय एवं वडा बाल अधिकार समितिका सदस्य, अभिभावक, शिक्षक र किशोरीले पहिलो पटक सहकार्य गर्दै यो अभियानको नेतृत्व गरेका छन् ।

मधेस प्रदेशमा ‘ब्रेक थ्रु एक्सन’को स्थानीय प्रणाली–सुदृढीकरण परियोजनाले कार्यान्वयनको तीन वर्षको अवधिमा नगरपालिकाहरूलाई बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि बाल संरक्षण प्रणालीसहित क्षमता अभिवृद्धि तथा परामर्श दिएर दुई हजार पाँच सय नौ सामुदायिक सरोकारवालालाई परिचालन गर्न सहयोग गरेको थियो । 

सोही अवधिमा गाउँ/नगरपालिका तथा वडाले सञ्चालन गर्ने गतिविधिमा सक्रिय रूपमा सहभागी हुन ६८ बाल क्लबलाई सहयोग प्रदान गरेको छ । अनुभव आदानप्रदान कार्यक्रममा पालिकाहरूले गरेको कामका लागि सम्मान गरिनुका साथै पालिकाबाट आएका विभिन्न सरोकारवालाले आफ्ना अनुभव बताएका थिए ।

प्रतिक्रिया दिनुहोस