काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गरे । पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरे ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन् । उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । प्रा. डा. बगाले नेपाल पिएचडी फाउण्डेशनका उपाध्यक्ष पनि छन् । उनीसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।