२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन

अ+ अ-

भक्तपुर । भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आज जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ । 

जनै पूर्णिमाका दिन साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले जानकारी दिए । 

आजै तलेजुको पूजा गरी तलेजुस्थित बहत्वाबाट गाई निकालेर घिन्ताङ घिसी नाचसँगै प्रदर्शन गरी विधिवत रूपमा जात्राको सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। 

बहत्वाबाट निस्किएको घेन्ताङ घिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, काठमाडौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वङ्शगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन भएको छ । 

आज साँझदेखि गाईजात्रा सुरु भएको र भोलि गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको उनले बताए । 

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । 

जात्राभरकी जात्रामा घिन्ताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ । 

श्रीकृष्ण जन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोसाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पुजारी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ । टोल टोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस