२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण

अ+ अ-

काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ ।

प्रतिस्पर्धी सीजी फुड्सले विभागको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अवहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको छ ।

यशोदा फुड्सले सयौँ लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ।

पछिल्लो समय वाईवाईको ठूलो बजार हिस्सा करेन्ट चाउचाउले खोसेपछि यी दुई ब्राण्डवीच द्वन्द्व सुरु भएको हो । स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस